challenger
FUKUOKA IS OPEN CENTER

FUKUOKA IS OPEN CENTER भन्नाले

challenger

FUKUOKA IS OPEN CENTER भन्नाले

प्रिफेक्चर र जापान भित्र बसोबास गर्दै आएका विदेशी जनशक्तिसँग सम्बन्धित विशिष्ट निकायहरुले एक आपसमा सहकार्य गर्दै, जापानमा बसोबास गर्ने विदेशीहरुको रोजगार, श्रम, आवास आदि जीवनयापनसँग सम्बन्धित समस्याहरु तथा भिसा आदिसँग सम्बन्धित परामर्श, बहुभाषामा, एकै ठाउँमा वानस्टप सेवा प्रदान गर्दछ।

विदेशी नागरिकहरूले आफ्नो जीवनयापनको सिलसिलामा भोगेका समस्याहरु, नबुझेका कुराहरूको बारेमा विभिन्न भाषाहरूमा परामर्श गर्न सक्छन्।नहिचकिचाइकन परामर्श गर्नुहोस्।

 

  • परामर्श शुल्क, निःशुल्क हो।
  • परामर्श लिने व्यक्तिको व्यक्तिगत विवरण पूर्ण रुपमा गोप्य राखिनेछ।
  • उपनामबाट परामर्श गर्न सकिन्छ।

 

 

यस्ता किसिमका परामर्शहरु गर्न सक्नुहुन्छ

भिसा
・कम्पनी परिवर्तन गर्न चाहन्छु। यो भिसाले नै हुन्छ?
・जापानी नागरिकसँग पुनः विवाह गरें। आफ्नो देशको सन्तानलाई बोलाउन सकिन्छ कि?
・म अन्तर्राष्ट्रिय विद्यार्थी हुँ, म पार्टटाइम काम (आरुबाइतो) गर्न चाहन्छु। त्यसको लागि के कस्तो प्रक्रिया चाल्नु पर्छ?
रोजगार
・काम मिलाइ दिनुहोस्।
・जापानमा जागिर खोज्ने गतिविधि, जागिरको लागि आवेदन दिने, अन्तर्वार्ता दिने तरिका, रोजगार मेलाहरू आदिको बारेमा जानकारी लिन चाहन्छु।
・विदेशी नागरिकहरूलाई काममा राख्ने बेलाको नियमहरू र कार्यस्थलको वातावरण / रोजगारी व्यवस्थापनको सुधारको बारेमा जानकारी दिनुहोस्।
परामर्श सेमिनार (प्रशासनिक प्रक्रिया / कानून / श्रम)
・विदेशी नागरिकहरु बीच विवाह गर्ने योजना छ। त्यसको लागि के कस्तो प्रक्रिया चाल्नु पर्छ?
・सम्बन्ध विच्छेद गर्न चाहन्छु भनिरहेको छ।
・केही समयको लागि आफ्नो स्वदेश फर्किंदैछु त्यसैले पेन्सन परित्यागबाट प्राप्त हुने एकमुष्ट रकम प्राप्त गर्न सकिन्छ?
आवास
・घर भाडामा लिन चाहन्छु, तर ग्यारेन्टर छैन। के गर्दा राम्रो हुन्छ?
・अपार्टमेन्ट छोड्नु पर्ने भयो। अपार्टमेन्ट छोड्नको लागि ठूलो रकम माग गरिरहेकोले समस्यामा छु।
चिकित्सा
・आफ्नो मातृभाषा बोलेर उपचार लिन सक्ने अस्पताल खोज्न चाहन्छु।
・उपचार विधिसँग सहमत हुन नसकेकोले, परामर्श लिन चाहन्छु।
शिक्षा
・जापानीज भाषा नआउने भएकोले, स्कूलको पढाई बुझ्न नसकेर समस्या भइरहेको छ।
・हाईस्कूल जान चाहन्छु, तर मलाई कस्तो खालका विद्यालयहरू छन् थाहा छैन।
मानव अधिकार
・विद्यालयमा भेदभावपूर्ण बोली बोलियो।
・विदेशी भएको कारणले बास दिन अस्वीकार गरियो।
व्यावसायिक परामर्श
・उच्च स्तरको ज्ञान र सीप भएका विदेशी नागरिकहरूलाई रोजगार दिन चाहन्छु।
・विदेशी जनशक्तिको सदुपयोग गर्नको लागि सल्लाह लिन चाहन्छु।

※परामर्शका विषयवस्तु अनुसार, सम्बन्धित विशिष्ट निकायसँग सम्पर्क गरि दिनेछ।

 

★निम्न लिखित भाषाहरुबाट सेवा प्रदान गरिरहेका छ!

 

Japanese (*), English (*), Chinese (*), Korean (*), Vietnamese (*), Nepalese (*), Indonesian, Tagalog, Portuguese, Thai (*), Spanish, French, German, Italian, Russian, Malay, Myanmar, Khmer, Mongolian, Sinhala, Hindi, Bengali, Urdu, Ukrainian

 

※परामर्शको लागि बुकिङ्ग गर्ने वेबसाइटमा पनि विभिन्न भाषाहरु प्रयोग गर्न सकिन्छ।

★निम्न लिखित भाषाहरुबाट सेवा प्रदान गरिरहेका छ!
 
Japanese (*), English (*), Chinese (*), Korean (*), Vietnamese (*), Nepalese (*), Indonesian, Tagalog, Portuguese, Thai (*), Spanish, French, German, Italian, Russian, Malay, Myanmar, Khmer, Mongolian, Sinhala, Hindi, Bengali, Urdu, Ukrainianbr  
※परामर्शको लागि बुकिङ्ग गर्ने वेबसाइटमा पनि विभिन्न भाषाहरु प्रयोग गर्न सकिन्छ।

कार्यालय खुल्ने समय र स्थान बारे

कार्यालय खुल्ने समय
AM10:00~PM5:00
(यद्यपि, महिनाको तेस्रो आइतबार र चौथो शनिबार कार्यालय खुल्ला रहने छ)
नयाँ वर्षको बिदाका दिनहरु, सार्वजनिक बिदाको दिन बाहेक।
जनरल रिसेप्सन
FUKUOKA IS OPEN CENTER General Reception Counter
फुकुओका-सी, च्यूओ-कु, तेन्जिन १-१-१ एक्रोस फुकुओका तेस्रो तल्ला
परामर्श लिने तरिका
काउन्टर, अनलाइन, इमेल, टेलिफोन
काउन्टरमा बुकिङ्ग गरेकालाई प्राथमिकता दिइने छ, अनलाइनमा, बुकिङ्ग गर्नेहरुको लागि मात्र।
टेलिफोन नम्बर
0120-279-906
निःशुल्क

प्रत्यक्ष परामर्श गर्न सक्ने पक्ष र समय

schedule calendar

※अग्रिम बुकिङ्ग गर्नु आवश्यक छ।

 

यो बाहेक, महिनामा दुई पटक इजुका नगर र कुरुमे नगरमा घुम्ती परामर्श सेमिनारहरू आयोजना गरिरहेको छ।
विस्तृत विवरणको लागि, Fukuoka International Exchange Foundation को होमपेज हेर्नुहोस्।

https://fief.or.jp/lifeguide/consultation/

FUKUOKA IS OPEN केन्द्रको विशिष्ट निकाय

FUKUOKA IS OPEN CENTER General Reception Counter
विदेशी नागरिकहरूले जापानको जीवनयापनमा सामना गर्ने विभिन्न खालका समस्याहरूको बारेमा बहु भाषामा परामर्श गर्न सक्ने वृहत परामर्श काउन्टर हो।
परामर्शका विषयवस्तुहरु सुनेर, विशिष्ट निकायहरूसँग सम्पर्क गरि दिनुका साथै आवश्यक जानकारी प्रदान गरिने छ।

https://fief.or.jp/lifeguide/consultation/
Fukuoka International Student Support Center
प्रिफेक्चर भित्रका कम्पनीहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको रोजगारी दर बढाउने उद्देश्यले निम्नानुसारका कार्यहरु गर्दै आइरहेको छ।
●अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई रोजगार दिन इच्छुक कम्पनीहरूको लागि सेमिनारहरू आयोजना गर्ने
●रोजगार दिने कम्पनीहरू बढाउनको लागि कम्पनीहरु भ्रमण गर्ने
●विभिन्न कम्पनीहरु सहभागी हुने रोजगार मेलाको आयोजना
फेरि अन्तर्राष्ट्रिय विद्यार्थी संघ र पूर्व अन्तर्राष्ट्रिय विद्यार्थी संघसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय विद्यार्थीहरु बीच तथा स्थानीय बासिन्दाहरूसँग आदानप्रदानको उद्देश्य राखेर संचालन गरिने विभिन्न गतिविधिहरूलाई सहयोग गर्दै आइरहेको छ।

https://www.fissc.net/
Fukuoka Regional Immigration Services Bureau
जापानमा बसोबास गर्ने विदेशी नागरिकहरू र विदेशी नागरिकहरूलाई रोजगारी दिन चाहने कम्पनीका सम्बन्धित व्यक्तिलाई, भिसा र बसोबाससँग सम्बन्धित विभिन्न खालका निवेदन प्रक्रियाहरूको बारे परामर्श दिने गरिरहेको छ।

https://www.moj.go.jp/isa/
Fukuoka Employment Service Center for Foreigners
स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय (हेलो वर्क फुकुओका च्यूओ) को भवन हो।
विदेशी नागरिकलाई रोजगार दिने विशिष्ट सहयोगी निकायको रुपमा रोजगार खोज्ने व्यक्ति/ रोजगारदाता दुवै पक्षलाई, कर्मचारी आवश्यकताको विज्ञापन / रोजगारीमा नियुक्ति / स्थापित हुन सक्ने गरी वहत रुपमा रोजगारी सहायता प्रदान गर्दछ।

https://jsite.mhlw.go.jp/fukuoka-roudoukyoku/hw/fuzoku_kikan/gaisen.html
Fukuoka Bar Association
प्रिफेक्चरका वकिलहरू आबद्ध हुने कानून विज्ञहरुको संस्था हो।
कानूनसँग सम्बन्धित परामर्श प्रदान गरिरहेको छ।

https://www.fben.jp/whats/gaikokujin.htm
Fukuoka Gyoseishoshi Lawyers Association
प्रिफेक्चर भित्रका लेखनदासहरु (ग्योउसेइस्योउसी) आबद्ध हुने संस्था हो।
विदेशी नागरिकहरूको रोजगारी र जीवनयापनसँग सम्बन्धित विभिन्न किसिमका प्रक्रियाहरूको बारेमा परामर्श प्रदान गरिरहेको छ।

https://gyosei-fukuoka.or.jp/
Fukuoka Labor and Social Security Attorney's Association
प्रिफेक्चर भित्रका सामाजिक बीमा र श्रम सल्लाहकारहरू आबद्ध हुने संस्था हो।
विदेशी नागरिकहरूको श्रमसँग सम्बन्धित समस्या (श्रम सर्तहरु आदि, सुरक्षा र स्वच्छता, श्रमिक बीमा / सामाजिक बीमा, श्रम व्यवस्थापन, कार्यस्थल वातावरण आदि) सँग सम्बन्धित कुराको बारेमा परामर्श प्रदान गरिरहेको छ।


https://www.sr-fukuoka.or.jp/
Fukuoka Legal Affairs Bureau, Human Rights Department
विदेशी नागरिकहरू र अपाङ्गता भएका व्यक्तिहरूलाई भेदभावपूर्ण व्यवहारको साथै, थिचोमिचो, दुर्व्यवहार, विभिन्न प्रकारका ह्यारेसमेन्ट, इन्टरनेटको दुरुपयोग गरी गोपनीयता उल्लङ्घन गर्ने आदि विभिन्न खालका मानव अधिकारका मुद्दाहरूसँग सम्बन्धित कुरामा परामर्श प्रदान गरिरहेको छ।
यी बाहेक, त्यस्ता मानव अधिकार उल्लङ्घनहरुको कार्य प्रति सरल/द्रुत/लचिलो तरिकाबाट उद्धार कार्य गर्दै आइरहेको छ।


https://houmukyoku.moj.go.jp/fukuoka/static/2608jinken.htm
JETRO Fukuoka
जापान बाह्य व्यापार संगठन (JETRO) को फुकुओका (क्युशु/ओकिनावा हेर्ने) मुख्यालय हो।
जापानका कम्पनीहरूलाई विदेशमा विस्तारको लागि प्रवर्द्धन गर्ने/क्षेत्रीय अर्थतन्त्रलाई सक्रिय पार्ने लक्ष्य लिएर, कम्पनीहरूको उच्चस्तरीय दक्ष विदेशी जनशक्तिको नियुक्ति, उत्पादन र स्थापित गर्ने आदिसँग सम्बन्धित सहयोग वृहत रुपमा प्रदान गर्दै आइरहेको छ।


https://www.jetro.go.jp/jetro/japan/fukuoka/