challenger
福岡県の取り組み

पर्यटन

स्वागत छ पर्यटकीय गन्तव्यको रूपमा आकर्षणले भरिएको फुकुओका प्रान्तमा!

फुकुओका, आकर्षित शहरीकरण मात्र नभई 、प्राकृतिक सम्पदाले भरिएको、सफा र राम्रो समुद्र तथा पहाडको आदि、धेरै आरामदायक र आकर्षक वातावरणहरू छन्।

साथै、फुकुओकालाई खाद्यान्नको भण्डार पनि भनिन्छ、यात्रा गाइड पुस्तक「Lonely Planet」द्वारा घोषणा गरेको「Best in Travel 2023」मा पनी जापान बाट मात्र एक、खाद्य श्रेणीमा फुकुओकालाई छनोट गरिएको थियो।

Pickup!!

सिफारिस गरिएका पर्यटकीय स्थलहरू

स्टल

हाकाता・तेन्जिन वरपरको क्षेत्रमा、लगभग १०० पसल जम्मा हुने「जापान को सडक स्टल」। रामेन मात्र नभइ、याकितोरी、एक चोटीमा खान मिल्ने मोमो फुकुओकाका आकर्षित खानाहरूको रमाइलो लीन सकिन्छ।

स्टल

कोकुरा महल

तला देखि ३ तला सम्म कोकुरा महल को इतिहास तथा संस्कृतिको बारेमा जान्न सकिने प्रदर्शनी ठाउ।५ औं तल्ला कोकुरा शहरलाई नियाल्न मिल्ने ठाउँ छ、रातमा महलमा प्रवेश गरी रक्सीको मजा लिन सकिने「रात्री महल」आदि कार्यक्रमहरू आयोजित हुन्छन्।

कोकुरा महल

यानागावा नदी र्याफ्टिङ

यानागावा शहर यानागावा महलको वरिपरि केन्द्रित शहर हो ।शहरभित्र जलमार्गहरू (होरिवारी) तल डुङ्गा चढेर शहरलाई पार गर्नुसक्ने र पानीको शहरको आनन्दिक वातावरण अनुभव गर्न अनुमति पाइन्छ ।

यानागावा नदी र्याफ्टिङ

पूर्व इटो डेनेमन निवास

१९००साल को प्रारम्भमा निर्मित、चिकुहोका कोइला खानीका राजा・इटो डेनेमन कविकी पत्नी・ब्याकुरेन यानागिहरासँग बसेको हवेली यही हो ।१५०० चुबोको बगैचाले घेरिएको、हाल पनी उक्त बेलाको महिमा कायम छ।


यात्राको क्रममा समस्या भएमा...

२४ घण्टा・३६५ दिन नि:शुल्क प्रगोग हुने टेलिफोन सेवा「क्युशु・यामागुची बहुभाषा कल केन्द्र 」को प्रयोग गर्नुहोस्।
नम्बर ०९२-६८७-६६३९
※फोन शुल्क लाग्नेछ।

अन्य विभिन्न पर्यटकीय स्थलहरु पनि छन् । कृपया चेक गर्नुहोस्!

Enjoy!!