विपद्को अवस्थामा विदेशीहरूको लागि सहयोग
विदेशबाट आउने मानिसहरू सबैले、विपत्ति आइपर्दा उचित कदम चलाएर、यस प्रान्तमा शान्त・सुरक्षित रूपमा बस्नको लागि दैनिक आधारमा तयार हुन धेरै महत्त्वपूर्ण छ।
प्रान्तले विभिन्न तरिकामा जानकारी प्रदान गर्दछ। प्रकोप संग सम्बन्धित कुरा बारे सिकेर、आफ्नो जीवन रक्षा गरी 、आफ्नो परिवार तथा नजिकैका साथीहरू आदिको、 आफ्ना प्रियजनहरूको जीवनको रक्षा गर्न सक्षम हुनुहोस ।
प्रकोप रोकथाम एप「फुकुओका प्रकोप रोकथाम नेभिगेसन・मामोरु कुन」को डाउनलोड गर्नुहोस्
प्रकोप रोकथाम एप「 फुकुओका प्रकोप रोकथाम नेभिगेसन・मामोरु कुन」 प्रयोग गरेर विपद् जानकारी आदि वितरण गर्छौं।यो प्रयोग गर्न・दर्ता गर्न नि: शुल्क र、
सजिलैसँग प्रकोप रोकथाम जानकारी पाउन सक्नुहुन्छ、त्यसैले कृपया दर्ता गर्नुहोस्।
●हालको स्थानको प्रकोप रोकथाम जानकारी लाइ पुश भन्ने सूचना द्वारा सूचित गर्नेछौं।
●आश्रय स्थान को ठाउँलाई नक्सा बाट स्पष्ट रूपमा देखाइएको छ।
●विपद्को अवस्थामा के कदम चाल्ने दृष्टान्तका साथ चित्रण गरिएको छ।
●विपद्को समयमा परिवारको हालको स्थान जानकारी जाँच गर्न सक्नुहुन्छ।
●अन्य भाषाहरू जापानी, अंग्रेजी, चिनियाँ (सरलीकृत र परम्परागत), कोरियाली र भियतनामी भाषा उपलब्ध छ।
फुकुओका प्रान्त प्रकोप रोकथाम होमपेज
फुकुओका प्रान्तले「फुकुओका प्रान्त प्रकोप रोकथाम होमपेज 」स्थापना गरेर、विपद् पूर्व तयारीबाट、प्रकोप जानकारी आदि सहित को नयाँ जानकारी प्रदान गर्दछौं।
(URL:https://www.bousai.pref.fukuoka.jp )
विपद् रोकथाम ह्यान्डबुक
९ वटा भाषामा「विदेशीहरूका लागि विपद् रोकथाम ह्यान्डबुक」बनाएको हुनाले 、 पहिले नै जाँच गरेर、विपद्को बारे तयारी गर्नुहोस्।
(URL:https://www.pref.fukuoka.lg.jp/contents/bousaihandbook-36.html)
प्रकाशनका सामग्रीहरू
● हुन सक्ने प्रकोपहरूको सामग्री
●विपत्ति आइपर्दा गर्नुपर्ने कार्य
●विपद्को लागि दैनिक तयारी
●निकासी स्थल
●आपतकालीनमा सम्पर्क गर्ने ठाउँ आदि
●उपलब्ध भाषाहरूमा सजिलो जापानी, अंग्रेजी, चिनियाँ, कोरियाली, तागालोग, भियतनामी, नेपाली, इन्डोनेसियाली, बर्मी समावेश छन्।
विदेशीहरूका लागि विपद् रोकथाम तालिम
यसबाहेक、प्रकोपको बेला विदेशी बासिन्दाहरूले उपयुक्त कदम चाल्ने बनाउनको लागि、विदेशी बासिन्दाहरूलाई विपद् रोकथाम अभ्यासहरू सञ्चालन गर्दैछौं、त्यसैले कृपया सहभागी भएर、प्रकोपको समयमा चाल्नु पर्ने कदम बारे अनुभव लिनुहोस्।
●जापानमा घट्न सक्ने सम्भावित प्रकोपहरू बारे व्याख्यान
●प्रयोगात्मक सिकाइ (निकासी केन्द्रहरूमा प्रयोग हुने उपकरणहरू मिलाउने, तत्काल प्रकोप रोकथामका सामानहरू प्रयोग हरेर अनुभव गर्ने आदि)इत्यादि
प्रकोप बहुभाषिक सहायता केन्द्र
ठूलो परिमाणको विपद्को अवस्थामा सहर/नगर/गाउँ बाट विदेशीलाई सहयोग गर्न、「विपद् बहुभाषिक सहायता केन्द्र」स्थापना गर्नेछौं।
●फुकुओका प्रान्त प्रकोप प्रतिक्रिया मुख्यालय स्थापना गर्दा 、इन्टरनेशनल एक्सचेन्ज सेन्टरमा स्थापना गरिनेछ।
●स्थापनाको क्रममा २४ सै घण्टा उपलब्ध हुन्छ। (विपद्को स्थितिमा निर्भर गर्दै परिवर्तनको हुन्छ।)
●बहुभाषी सहायता केन्द्रका मुख्य कर्तव्यहरू निम्नानुसार छन्।
⇒विदेशी नागरिकको अवस्थाको बारेमा प्रभावित सहर/नगर/गाउँ बाट जानकारी सङ्कलन गर्नेछौं।
⇒प्रकोप-प्रभावित सहर/नगर/गाउँहरूको अनुरोधमा, विपद्को समयमा जानकारी प्रदान गर्दछौं र निकासी आश्रय कार्यहरूको सम्बन्धमा व्याख्या・अनुवाद सहयोग गर्दछौं।
⇒प्रकोप प्रभावित सहर/नगर/गाउँहरूको अनुरोधमा, प्रकोप क्षेत्रमा व्याख्या・अनुवादक स्वयंसेवकहरू पठाउँछौं।